१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बागलुङमा ह्याण्डबल र सुटिङको प्रशिक्षण हुने


जनमञ्च संवाददाता
  • ४ भाद्र २०७९ , शनिबार

  • बागलुङमा ह्याण्डबल र सुटिङको प्रशिक्षण हुने

    बागलुङ, ४ भदौ– आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागलुङमा ह्याण्डबल र सुटिङको प्रशिक्षण हुने भएको छ ।
    आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने प्रतियोगिताका लागि खेल्ने खेलाडीमध्ये बागलुङमा दुई खेलको बन्द प्रशिक्षण शुरु गरिएको हो । शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रशिक्षणको उद्घाटन गर्दै श्रेष्ठले खेल क्षेत्रबाट देशको नाम राख्ने काम भएको भन्दै अझैपनि नेपाली खेलाडीको सान र मान उचो हुने बताए ।
    बागलुङ जिल्ला खेलकुद विकास समितिको सक्रियता र प्रदेश खेलकुद परिषदको आयोजनामा महिला ह्याण्डबल र सुटिङको प्रशिक्षण थालिएको हो । प्रशिक्षणका लागि बागलुङमा ५ जिल्लाका खेलाडीको प्रशिक्षण हुने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
    बागलुङसहित कास्की, नवलपुर, गोरखा र स्याङजाका खेलाडी आउने छन् । प्रशिक्षणमा ह्याण्डबलतर्फ १५ जना र सुटिङ तर्फका १८ जना खेलाडी प्रशिक्षणमा आइसकेका हुन् । ‘एक दुइ दिनमै अन्य जिल्लाका पनि खेलाडी आउँछन्, त्यसका लागि हामी तयारी छौं’ खड्काले भने, ‘दक्ष प्रशिक्षकले प्रशिक्षण दिने भएकोले खेलाडीलाई पनि राम्रो कोच हुनेछ ।’
    ह्याण्डबलका लागि भीमसेन शाक्य र सुटिङका लागि भगवती केसीले प्रशिक्षण गर्नेछन् । शाक्य समितिका सहायक प्रशिक्षक हुन् भने केसी सिड्नी ओलम्पिककी सहभागि खेलाडी हुन् ।
    खेल प्रशिक्षण उद्घाटन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, सचिव तारा शर्माको संचालन र उपाध्यक्ष लोकेन्द्र केसीको स्वागतमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend