११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

‘सी’ डिभिजन लिग छनौट आजबाट


जनमञ्च संवाददाता
  • ६ असोज २०७९ , बिहिबार

  • ‘सी’ डिभिजन लिग छनौट आजबाट

    काठमाडौं, ६ असोज– सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आजबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन् ।
    पहिलो खेलमा समूह ’ए’ को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
    यस्तै दोस्रो खेलमा समूह ’बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
    एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् ।
    नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend