११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

अर्जेन्टिना र नेदरल्याण्डस् कतार विश्वकपको क्वाटरफाइनलमा प्रवेश


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७९ , आइतबार

  • अर्जेन्टिना र नेदरल्याण्डस् कतार विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं, १८ मंसिर– कतारमा जारी विश्वकप फुटलबमा अर्जेन्टिना र नेदरल्याण्डस् क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
    शनिबार राती भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल र नेदरल्याण्डस्ले अमेरिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
    अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
    यस्तै, खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।
    नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend