११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ब्राजिल र क्रोएसिया क्वारफाइनलमा प्रवेश


जनमञ्च संवाददाता
  • २० मंसिर २०७९ , मंगलबार

  • ब्राजिल र क्रोएसिया क्वारफाइनलमा प्रवेश

    काठमाडौं, २० मंसिर– कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोएसिया क्वाटरफाइलमा प्रवेश गरेका छन् । सोमबार राती भएका खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित ग¥यो भने साविक उपविजेता क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको हो ।
    स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउनको लागि भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले गोल गरे । दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काए ।
    यस्तै, अल जानुब स्टेडियममा सोमबार राती जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।
    प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो । जितसंगै क्रोएसिया र ब्राजिलको भेट अब क्वाटरफाइनलमा हुनेछ ।
    यस्तै, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।
    मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राती ८ः४५ बजे सुरु हुनेछ ।
    अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल राती १२ः४५ बजे सुरु हुनेछ । लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend