११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा

उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भीड्ने


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७९ , बिहिबार

  • उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भीड्ने

    काठमाडौं, २० मंसिर– साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।
    फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।
    अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ । अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।
    बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
    त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनी ७९ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।


    समान दुई पटक विश्वकप जितेका फ्रान्स र अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा फाइनलमा भिड्नेछन् । यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।
    यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
    यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो । यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।
    अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो । अर्जेन्टिना र फ्रान्सबीचको खेल आइतबार नेपाली समयअनुसार राती ८ः४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend