११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कतार विश्वकप : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • कतार विश्वकप : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

    काठमाडौं, ३ पुस– क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राती भएको खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
    मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए ।
    खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend