११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

मेस्सी उत्कृष्ट खेलाडि, एमाबाप्पेलाई गोल्डेन बुट


जनमञ्च संवाददाता
  • ४ पौस २०७९ , सोमबार

  • मेस्सी उत्कृष्ट खेलाडि, एमाबाप्पेलाई गोल्डेन बुट

    काठमाडौं, ४ पुस– विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।
    सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
    उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।
    एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।
    अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।
    मेस्सीलेसात खेलमा ७ गोल गरे।​अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बने।
    विश्वकप फुटबलको उपाधि तेस्रोपटक घर लैजाने क्रममा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएको हो।
    विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जिते। ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे। उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend