११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नेपाल टी ट्वान्टी लिग क्रिकेटको मिति फेरि स¥यो


जनमञ्च संवाददाता
  • ८ पौस २०७९ , शुक्रबार

  • नेपाल टी ट्वान्टी लिग क्रिकेटको मिति फेरि स¥यो

    काठमाडौं, ८ पुस– नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ ।
    आजदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताए ।
    उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मंसिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।
    यसैगरी क्यानले नेपाल टी ट्वान्टी लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ ।
    कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ नाइट, पोखरा एभेन्र्जस, फार वेस्र्टन युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतियोगितमा भाग लिनेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend