११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

टी–२० सिरिज : नेपाल र जिम्बावे ‘ए’ बीच आज दोस्रो खेल


जनमञ्च संवाददाता
  • १९ बैशाख २०७९ , सोमबार

  • टी–२० सिरिज : नेपाल र जिम्बावे ‘ए’ बीच आज दोस्रो खेल

    काठमाडौं, १९ बैशाख– नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दैछ। नेपाल र जिम्बावे ‘ए’ बीचको खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।
    टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको नेपाल आज हारको बदला लिने तयारी सहित मैदानमा उत्रिँदा जिम्बावे लगातार जितको खोजीमा हुनेछ।
    आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो।
    सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बावे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ। टी–२० सिरिजपछि नेपाल र जिम्बावे ‘ए’ बीच तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend