काठमाडौं, १४ असार– अमेरिकामा रहेका पूर्व क्रिकेट खेलाडीहरुको क्लब नेपाली अल स्टार्सले नेपाल क्रिकेट संघ (क्यान) लाई आर्थिक सहयोग गरेको छ । नेपाली अल स्टार्सले क्यानलाई दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
नेपाली अल स्टार्सका निर्देशक सञ्जय शर्माले सोमबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनसिंहलाई आर्थिक सहयोग हस्तान्तरण गरे । क्यानले उक्त रकम दुईदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न खर्च गर्नेछ ।