११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

सन्दीपले लंका प्रिमियर लिग खेल्ने


जनमञ्च संवाददाता
  • २२ असार २०७९ , बुधबार

  • सन्दीपले लंका प्रिमियर लिग खेल्ने

    काठमाडौं, २२ असार– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
    सन्दीपले डम्बुला जायन्ट्सबाट लंका प्रिमियर लिग खेल्ने भएका हुन् । एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
    सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ ।
    तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
    प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ । अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend