१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु


जनमञ्च संवाददाता
  • ३ भाद्र २०७९ , शुक्रबार

  • अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु

    बागलुङ, ३ भदौ– अन्तर बिद्यालय स्तरीय फुटसल प्रतियोगिता बागलुङमा शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा बिहिबारदेखि खेल शुरु भएको हो ।
    १६ विद्यालयको सहभागितामा प्रतियोगिता संचालन भईरहेको हाईकर्स युनाईटेड बागलुङका कार्यक्रम संयोजक प्रवेश शर्माले जानकारी दिए । खेलमा सहभागि विद्यालयका १२ कक्षा भित्रका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
    बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले खेलको उद्घाटन गर्दै खेल स्वास्थ्यका लागि उपयोगी भएको बताए । सापकोटाले विद्यार्थीले शिक्षा र खेलमा उत्तिकै प्रगती र योगदान गर्न सक्ने पनि बताए ।
    कार्यक्रममा रस आवर फुटसलका संचालक शिव खड्का, बागलुङ नगरपालिकाका अधिकृत छैंठौ प्रेमप्रसाद शर्मा, निर्णायक धिरन पुन, सम्पन्न अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोह पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाको अध्यक्षता, हाईकर्स युनाईटेड बागलुङका रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
    प्रतियोगिताको विजेता टोलीले २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र तथा दोस्रो टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने हाईकर्स युनाईटेड बागलुङका सन्तोष जिसीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend